काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरका एक प्रहरी अधिकृतअनुसार क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति पक्राउ गरिएको हो ।
उनलाई क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरेर हुने गरेको ठगीबारे अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो ।
अलफ्ट होटल परिसरमा सञ्चालित सो क्यासिनामो ‘क्यासिनो इभेन्ट’को नाममा जुवा खेलाएर भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ठगी धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले मङ्सिर २६ मा भारतको महाकाय समूहका ५७ वर्षीय सुरेश महाजन सहित ६ जनालाई पक्राउ गरेको थियो ।