×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

नख्खु कारागारबाट भागेर युवकको हत्या गरेका कैदी पक्राउ

नख्खु कारागारबाट भागेर युवकको हत्या गरेका कैदी पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन् । फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर अहिले काठमाडौं ल्याइएको जनाइएको छ । 

घटना १३ असोजको हो । मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका थिए । २५ वर्षीय उनै तामाङलाई फरार कैदी मगरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पूरानो रिसईबीका कारण हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।

लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका उनी २४ भदौमा जेन–जीको आन्दोलनका क्रममा कारागार तोडफोड गर्दै भागेका थिए । हत्यापछि उनी फरार थिए ।

घटनास्थल वरपरेको सीसीटीभी फुटेज र लगायत प्राविधिक, म्यानुअल अनुसन्धानबाट हत्यामा फरार कैदी मगरको संलग्नता देखिएको थियो ।

प्रतिकृया दिनुहोस्