×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

राससका अध्यक्ष झाले दिए पदबाट राजीनामा

राससका अध्यक्ष झाले दिए पदबाट राजीनामा

काठमाडौँ । राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । उनले आजका मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

‘हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात् गरेको छु । नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु  र सरकारको सफलताको कामना गर्दछु,’ झाले राजीनामामा लेखेका छन्, ‘यस पृष्ठभूमिमा नैतिकताका दृष्टिले मार्ग प्रशस्त गर्नु उचित हुने ठानी आजैका मितिदेखि लागू हुने गरी पदबाट राजीनामा गर्दछु ।’

झालाई २०७९ असार ७ गते मन्त्रिपरिषद्ले राससको अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिकृया दिनुहोस्