×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

पुस १७ देखि लागु हुँदै ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’

पुस १७ देखि लागु हुँदै ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’

काठमाडौं । अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले यही पुस १७ गतेदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गर्ने भएको छ ।  
 
उक्त सूचना प्रणालीलाई सुरुमा काठमाडौं  उपत्यकाभित्र लागू गरिने जनाइएको छ । अध्यागमनले आज कार्यक्रम आयोजना गर्दै उक्त प्रणालीलाई व्यवस्थित रुपमा कसरी लागू गर्न सकिन्छ ? भनेर सम्बन्धित सङ्घसंस्था र निकायहरुबीच सुझाव लिएको थियो ।
 
अध्यागमनका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले विशेष कार्यक्रम आयोजना गरी प्रणाली उद्घाटन गरिने जनाइएको छ।  

यस प्रणालीलाई पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका तारे होटलमा अनिवार्य रुपमा लागू गरिनेछ । दोस्रो चरणमा आगामी फागुन १७ देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने कार्ययोजना छ ।
 
यस सूचना प्रणाली कार्यान्वयनको प्रभावकारिताका लागि विदेशी नागरिकहरुलाई सेवा प्रदान गर्ने सबै निकायहरु प्रणालीमा दर्ता हुनुपर्छ । यो प्रणाली कार्यान्वयनका लागि छोटो अवधि मात्र बाँकी रहेको र हालसम्म प्रणालीमा आबद्ध भएका निकायहरुको सङ्ख्या न्यून रहेकाले यथाशीघ्र आबद्धताका लागि अनुरोध गरिएको जनाइएकोा छ ।


 

प्रतिकृया दिनुहोस्