×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

नेपाली कांग्रेसका नेता आमोदप्रसाद उपाध्यायको निधन

नेपाली कांग्रेसका नेता आमोदप्रसाद उपाध्यायको निधन

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन भएको छ । मुखको क्यान्सरबाट पीडित रहेका उनको ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको हो ।

शनिबार साँझ उपचारका क्रममा उपाध्यायको निधन भएको हो। मोरङका बासिन्दा उपाध्याय पछिल्लो समय स्वास्थ्य उपचारका लागि काठमाडौंमा बस्दै आएका थिए ।

उपाध्याय तत्कालिन मोरङ क्षेत्र नम्बर(१ ९हाल २० बाट दुई पटक निर्वाचित सांसद हुन् । २०५६ सालको उपनिर्वाचनमा चुनाव जितेका उनी शिक्षा मन्त्री पनि भए।

२०५६ सालमा गिरिजाप्रसाद कोइरालाले मोरङ र सुनसरीबाट चुनाव जितेका थिए । मोरङको क्षेत्र नम्बर १ छाडेपछि भएको उपनिर्वाचनमा उपाध्याय विजयी भएका थिए । उनले पहिलो संविधानसभा निर्वाचित पनि जितेका थिए।

मोरङमा कांग्रेसबाट २०६४ सालको पहिला संविधानसभा निर्वाचनमा जित्ने उपाध्याय एक्ला नेता हुन् । भारतबाट राजनीतिशास्त्रका स्नातक उपाध्याय दुई छोरा र एक छोरी छन्।


 

प्रतिकृया दिनुहोस्