काठमाडौँ । मोबाइल फोटोग्राफीमा निरन्तर नयाँ स्तर कायम गर्दै आएको भिभोले अब आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स ३०० प्रो नेपाली बजारमा ल्याउने तयारी थालेको छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका आधिकारिक टिजर र नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत गरिएको प्रोमोसनसँगै नयाँ डिभाइस सार्वजनिक गर्ने तयारी तिव्र देखिएको हो ।
जाइससँगको सहकार्यमा विकसित भिभो एक्स ३०० प्रोले नेक्स्ट–जेन इमेजिङ र नयाँ ओरिगिन ओएस् ६ समावेश छ । प्रारम्भिक जानकारी अनुसार भिभो एक्स ३०० प्रोमा भिभोको अहिलेसम्मकै सबल मोबाइल इमेजिङ प्रणाली समावेश गरिएको अपेक्षा छ ।
जीवन्त, प्राकृतिक र भावनात्मक क्षणहरू क्याप्चर गर्न चाहने प्रयोगकर्तालाई ध्यानमा राखेर भिभोले जाइससँगको सहकार्यमा टेलिफोटो स्पष्टता र लो–लाइट क्षमतामा उल्लेखनीय सुधार गर्ने अत्याधुनिक प्रविधिहरू समावेश गरेको छ । यसको मुख्य आकर्षण भनेकै २०० मेगापिक्सेल जाइस एपियो टेलिफोटो क्यामेरा हो । जसले सूक्ष्म विवरणलाई पनि अत्यन्तै उच्च प्रिसिजनसहित प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । यसलाई साथ दिने भिभोको जाइस गिम्बल ग्रेड मेन क्यामेराले लो–लाइट तथा गतिशील दृश्यहरूलाई अझ स्थिर र प्राकृतिक रूपमा क्याप्चर गर्न मद्दत गर्छ ।
डिभाइसको इमेजिङ सेटअपमा थपिएको ५० मेगापिक्सेल जाइस वाइड–एङ्गल फ्रन्ट क्यामराले सेल्फी तथा ग्रुप फोटोलाई अझ स्पष्ट, फराकिलो र प्रभावकारी बनाउनेछ । भिभो एक्स ३०० प्रोले प्रो इमेजिङ चिप भियस वन र संयुक्त रूपमा परिभाषित डाइमेन्सिटी ९५०० चिपसेट प्रयोग गरेको छ । जसमा समावेश भी थ्री प्लस इमेजिङ चिप र भिभोले विशेष रूपमा विकास गरेको उच्च–दक्षता इमेजिङ एनपीयूले प्रक्रियालाई झनै छिटो, सुगम र कुशल बनाउँछ । भियस् वनले प्रत्येक फ्रेमको प्रि–प्रोसेसिङ सम्हाल्छ भने भी थ्री प्लस चिपले पोस्ट–प्रोसेसिङलाई थप सुदृढ बनाउँछ ।
इमेजिङ क्षमता बाहेक भिभो एक्स ३०० प्रोले टिकाउपनमा पनि उत्तिकै ध्यान दिएको छ । प्रारम्भिक सूचनाअनुसार डिभाइसमा आर्मोर गलासको प्रयोग गरिएको छ, जसले स्क्र्याच तथा ड्रपबाट उच्च सुरक्षा प्रदान गर्नेछ । लामो समयको प्रयोगलाई लक्षित गर्दै, भिभोले यसमा ६५१० ब्लु वल्ट ब्याट्री र ९० वाट फ्ल्याश चार्जलाई संयोजन गरेको छ । जसले फास्ट चार्जिङसँगै भरपर्दो पावर ब्याकअप सुनिश्चित गर्छ ।
भिभो एक्स३०० प्रो प्रति नेपाली बजारमा चासो बढ्दै गएको अवस्थामा कम्पनीले अत्याधुनिक हार्डवेयर, एड्भान्स सफ्टवेयर र शक्तिशाली चिपसेटको संयोजनमार्फत मोबाइल नवप्रवर्तनको नयाँ मापदण्ड स्थापित गर्ने तयारी गरिरहेको छ । छिट्टै सार्वजनिक हुन लागेको यो फ्ल्यागशिप डिभाइसले प्रयोगकर्ताहरूलाई आफ्ना विशेष क्षणहरू अझ स्पष्ट, यथार्थ र आत्मविश्वासका साथ क्याप्चर तथा शेयर गर्न सक्षम बनाउनेछ ।
चिनियाँ बजारमा १२ जीबीं२५६ जीबी बेस भेरियन्टकको मूल्य ५ हजार २९९ युआन (करिब १ लाख ८ हजार रुपैयाँ) रहेको छ भने १६ जीबी र्याम तथा १ टीबी स्टोरेजको माथिल्लो भेरियन्टको ८ हजार २९९ युआन (करिब १ लाख ६९ हजार रुपैयाँ) तोकिएको छ । तर नेपाली बजारमा आइपुग्दा यसको मूल्य कति पर्नेछ भन्ने आधिकारिक जानकारीका लागि यसको सार्वजनिक हुने मिति कुर्नैपर्ने हुन्छ ।