×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

खेलकुद

एएफसीले मलेसियालाई कारवाही गर्दै नेपाललाई बनायो विजेता

एएफसीले मलेसियालाई कारवाही गर्दै नेपाललाई बनायो विजेता

काठमाडौँ । एसियाली फुटबल महासंघ (एएफसी) ले मलेसियालाई कारवाही गर्दै नेपाल र भियतनामविरुद्धको जित उल्टाइदिएको छ ।

मलेसियाले एसिया कप छनोट अन्तर्गतका खेलमा नेपाल र भियतनामविरुद्ध सात जना खेलाडीहरूलाई नक्कली कागजातका आधारमा खेलाएको पुष्टि भएपछि एएफसीको अनुशासन र इथिक्स कमिटीले कारवाही गर्दै नेपाल र भियतनामलाई ३- ०  गोलको प्राविधिक जित दिलाएको ।

साथै कमिटीले मलेसियाको फुटबल फेडेरेसनलाई ५० हजार डलर जरीवाना समेत गरेको छ । 

यो निर्णयसँगै मलेसिया २०२७ को एसिया कप छनोटबाट आधिकारिक रूपमा बाहिरिएको छ । गत वर्ष सम्पन्न छनोट खेलमा नेपाल मलेसियासँग २–० गोल अन्तरले पराजित भएको थियो । एएफसीको यो निर्णयपछि नेपालले महत्वपूर्ण ३ अंक पाएको छ । यद्यपी नेपाल दोस्रो चरणमा छनौट हुने सम्भावना भने रहेको छैन । नेपाल रहेको समुह 'एफ' बाट भियतनाम १५ अंकसहित शीर्ष स्थानमा रहँदै अर्को चरणका लागि छनोट भइसकेको छ।

नेपालले यस समुहमा अन्तिम खेल आगामी चैत १७ गते लाओससँग खेल्ने तालिका रहेको छ ।

प्रतिकृया दिनुहोस्