×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

खेलकुद

च्याम्पियन्स लिगको राउण्ड १६ मा पुगे यी क्लब

च्याम्पियन्स लिगको राउण्ड १६ मा पुगे यी क्लब

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने सबै टिमको टुंगो लागेको छ । गएराती सम्पन्न प्लेअफका खेलपछि यस सिजनको च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने १६ क्लबको टुंगो लागेको हो ।

जस अन्तर्गत रियल म्याड्रिडले बेनिफिकालाई समग्रमा ३/१ गोल अन्तरले पराजित गर्दै राउण्ड १६ मा पुगेको छ भए गालाटासारेले युभेन्टसलाई समग्रमा ७/५ गोल अन्तरले पराजित गर्दै राउण्ड १६ मा पुगेको छ ।

त्यसैगरी पिएसजीले मोनाकोलाई समग्रमा ५/४ गोल अन्तरले पराजित गरेको छ भने एटलान्टाले डोर्टमण्डलाई समग्रमा ४/३ गोल अन्तरले पराजित गरेर राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यसरी च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने क्लबहरुमा रियल म्याड्रिड, पीएसजी, एटलान्टा, गालाटासारे, एटलेटिको म्याड्रिड, न्यूक्यासल युनाईटेड, बोडो, बायर लिभरकुसन, बार्सिलोना, चेल्सी, लिभरपुल, टोटनह्याम, स्पोर्टिंग सिपी, म्यानचेस्टर सिटी,आर्सनल र बायर्न म्युनिख रका छन् ।

अब राउण्ड १६ को ड्र शुक्रबार हुनेछ । त्यस्तै राउण्ड १६ का खेलहरु पहिलो लिग मार्च १० र ११ तथा दोस्रो लिग मार्च १७ र १८ मा हुने छ ।

प्रतिकृया दिनुहोस्