×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

धुलिखेल–खावा सडकखण्डमा कालोपत्रे गर्न चैत ७ बाट राति बन्द गरिने

धुलिखेल–खावा सडकखण्डमा कालोपत्रे गर्न चैत ७ बाट राति बन्द गरिने

काभ्रे । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड चैत ७ गतेदेखि रातिको समयमा बन्द गरिने भएको छ ।

उक्त सडकखण्ड कालोपत्रेका लागि चैत ७ देखि २० गतेसम्म बन्द गर्न लागिएको भक्तपुर सडक डिभिजनका प्रमुख सुमन योगेशले जानकारी दिए ।

उनका अनुसार, उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजसम्म ठूला चारपाङ्ग्रे सवारी साधनहरू चल्न रोक लगाइएको हो । उक्त समयमा यात्रुवाहक बस पनि चल्न रोक लगाइएको र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

त्यस्तै, टिपर र ट्रकहरू (पास लिएका समेत) चौबिसै घण्टा चलाउन रोक लगाइएको छ ।

प्रतिकृया दिनुहोस्