×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

जेन्जी मुभमेन्ट नेपालले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

जेन्जी मुभमेन्ट नेपालले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

काठमाडौं । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारमाथि भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणको आरोप लगाउँदै जेनजी मुभमेन्टले प्रधानमन्त्री कार्कीको राजीनामा मागेको हो ।

जेन्जी मुभमेन्ट नेपालले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै  ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी कर छुट दिएको, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले काका नाता पर्नेलाई सशस्त्र प्रहरीको डीआईजी बनाउन दरबन्दी थपेको र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नन्तलाई सचिवालयमा नियुक्त गरेको आरो लगाएको छ ।

प्रवक्ता विजय शाहीले जारी गरेको विज्ञप्तिमा यी सबै कार्य ‘प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता र संरक्षणविना सम्भव नहुने’ भन्दै राजीनामा माग गरिएको छ ।

साथै सुशीला कार्की नेतृत्वको सरकारको ‘राजनीतिक नैतिकता र जनविश्वास दुवै समाप्त भइसकेको भन्दै उसले सार्वजनिक अवज्ञा गर्न सबैलाई आह्वान गरेको छ ।

 

प्रतिकृया दिनुहोस्