×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

पार्टी एक हुनेमा विश्वस्त छु : शेखर कोइराला

पार्टी एक हुनेमा विश्वस्त छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकढिक्का हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले उक्त विश्वास व्यक्त गरेका हुन् ।

‘नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको छ । नेपाली कांग्रेस हामी मिलाउँछौं, मिल्छ भनेर,’ कोइरालाले भने, ‘मलाई विश्वास छ नेपाली कांग्रेस एकढिक्का हुन्छ र हुन्छ भन्ने कुरामा मलाई विश्वस्त छु । तयो देशको निम्ति एकढिक्का हुन जरुरी छ ।’

साथै, उनले पार्टी सधैं सबैलाई मिलाएर हिंडेको पार्टी बताए । ‘नेपाली कांग्रेसमात्रै यस्तो पार्टी हो, जसले सधैं सबैलाई मिलाएर हिंडेको पार्टी हो । हामी कसैको निरंकुशता स्वीकार गर्दैनौं,’ उनले भने ।
 

प्रतिकृया दिनुहोस्