×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

पाँच महिनामा ४ खर्ब ९ अर्ब राजस्व संकलन, पुँजीगत खर्च ८ प्रतिशत मात्रै

पाँच महिनामा ४ खर्ब ९ अर्ब राजस्व संकलन, पुँजीगत खर्च ८ प्रतिशत मात्रै

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो पाँच महिनाको अवधिमा ५ खर्ब २० अर्ब ४४ करोड राजस्व लक्ष्य लिएको थियो । तर सरकारले  लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो । 

मंसिर महिनामा मात्रै ९५ अर्ब २० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८० अर्ब २७ करोड संकलन भएको छ । मंसिरमा संकलन भएको राजस्व लक्ष्यको ८४.३१ प्रतिशत हो । यो पूरै आर्थिक वर्ष सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ ।

गत आर्थिक वर्षको यही पाँच महिना अवधिमा सरकारले ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । समीक्षा अवधिमा राजस्व संकलन करिब ४ अर्ब मात्रै बढेको छ । गत आर्थिक वर्षको पाँच महिनामा लक्ष्यको ८१.९ प्रतिशत राजस्व संकलन भएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सरकारले बजेटको ८.०३ प्रतिशत मात्रै खर्च गरेको छ । यस वर्ष पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेकोमा हालसम्म जम्मा ८.०३ प्रतिशत अर्थात् ३३ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ मात्र खर्च भएको हो । 

मंसिर २७ गतेसम्मको आय–व्यय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ११ दशमलव ५८ प्रतिशत खर्च भएको थियो । जसमा ४० अर्ब ८० करोड छ लाख रुपैयाँ खर्च गरेको थियो ।


 

प्रतिकृया दिनुहोस्