×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

भेनेजुएला माथिको अमेरिकी आक्रमणको भर्त्सना

भेनेजुएला माथिको अमेरिकी आक्रमणको भर्त्सना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देब गुरुङले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमणको कडा भर्त्सना गरेका छन्। उनले जनवरी ३ मा अमेरिकी सेनाले सार्वभौम राष्ट्र तथा संयुक्त राष्ट्रसंघको सदस्य भेनेजुएलामाथि आक्रमण गरी त्यहाँका राष्ट्रपतिलाई परिवारसहित अपहरण गरेको आरोप लगाए।

गुरुङका अनुसार उक्त कार्य संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको उल्लङ्घन हो। उनले सैन्य आक्रमण तत्काल बन्द गर्न, अपहरित राष्ट्रपतिको सकुशल रिहाइ गर्न तथा भेनेजुएली जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्न माग गरेका छन्।

उनले यस गम्भीर अन्तर्राष्ट्रिय समस्याको समाधानका लागि संयुक्त राष्ट्रसंघले अविलम्ब पहल गरोस् भनी सम्बन्धित सबै पक्षहरूको ध्यानाकर्षण गराएका छन्।
 

प्रतिकृया दिनुहोस्