×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

यी हुन् नेकपाले छानेका ९ समानुपातिक सांसद

यी हुन् नेकपाले छानेका ९ समानुपातिक सांसद

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९ जना समानुपातिक सांसद छानेर उनीहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

निर्वाचन आयोगमा नेकपाले बुझाएको नामहरूमा खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्‍गताबाट प्रेमबहादुर बयक, मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, थारू समूहबाट निराशा चौधरी डगौरा रहेका छन् ।

निर्वाचन आयोगमा सिफारिस भएका यी नामहरू निर्वाचन आयोगले स्वीकृत गरेपछि निर्वाचित हुनेछन् । निर्वाचन आयोगले स्वीकृत गरेसँगै समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका सांसदहरूले प्रमणपत्र प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्