×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

बेत्रावतीको एकै घरबाट निकालियो २४ शव

बेत्रावतीको एकै घरबाट निकालियो २४ शव

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो ।

‘हाम्रो क्षमताले भ्याएसम्म खोजेर २४ शव निकालेका छौं । अरू ठाउँमा अझै खोज्न बाँकी छ,’ एसपी रेग्मीले भने । निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको उनले बताए । अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।

मुचुल्काकाको काम सकिएपछि पोस्टमार्टमका लागि शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइने उनले बताए ।

१० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण एउटै घरभित्र यति ठूलो संख्यामा मानिस मृत फेला परेका हुन् ।

प्रतिकृया दिनुहोस्