काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला तिन लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी आज तोलामा ७० रुपैयाा बढेर प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो प्रतितोला पाँच हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।