काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २९ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
विहीबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६२ हजार ५०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ सय १० रुपैयाँले बढेको हो । यससँगै चाँदी प्रतितोला ४ हजार ५ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।