×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

दुई वटा फर्मलाई जरिवाना, १५ लाई निर्देशन

दुई वटा फर्मलाई जरिवाना, १५ लाई निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानी ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा केफियत देखिएका दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।

विभागका अनुसार शक्ति मार्बल्स ललितपुर एकान्तकुनालाई रु २० हजार जरिवाना गरेको छ । यस्तै, आर के ब्रदर्श ललितपुर हात्तीवनलाई रु १५ हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐको दफा ३९ १ ‘क’ अनुसार ती फर्मलाई कारबाही गरिएको हो ।

अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ । विभागले नियमितजसो बजार अनुगमन गर्दै कालोबजारी नियन्त्रण र स्वच्छता कायम राख्दै आएको छ । स्थानीय प्रशासन, जनप्रतिनिधि समेतको सहकार्यमा बजार अनुगमन तथा निरीक्षण जारी रहने विभागको दाबी छ । 

प्रतिकृया दिनुहोस्