×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

पाँच महिनामा ८ करोड २४ लाखको अचार निर्यात 

पाँच महिनामा ८ करोड २४ लाखको अचार निर्यात 

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ८ करोड २४ लाख ८८ हजार रुपैयाँको अचार निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ९ करोड ५६ लाख ९३ हजार रुपैयाँको अचार निर्यात भएको थियो । 

५ महिनामा १ सय ४० टन (१ लाख ४० हजार ३ सय ४ किलो) अचार नेपालले विभिन्न मुलुकमा निर्यात गरेको हो । यति परिमाणमा अचार निर्यात हुँदा ८ करोड २४ लाख ८८ हजार रुपैयाँ आर्जन भएको छ ।

भन्सार विभागको तथ्यांकले १० देशमा अचार निर्यात भएको देखाउँछ । क्यानडा, अस्ट्रेलिया, दक्षिण कोरिया, जापान, अमेरिका, इटाली, बेलायत, बेल्जियम, डेनमार्क र मलेसियामा अचार निर्यात भएको छ ।

सबैभन्दा बढी क्यानडामा १ करोड ९४ लाख ४२ हजार, अस्ट्रेलियामा १ करोड ९३ लाख १९ हजार रुपैयाँको अचार निर्यात भएको छ । कोरियामा १ करोड २५ लाख ३६ हजार, जापानमा ९३ लाख ४९ हजार, अमेरिकामा ८४ लाख २६ हजार, इटालीमा ६३ लाख १८ हजार, बेलायतमा ३६ लाख ८ हजार, बेल्जियममा २६ लाख ४८ हजार रुपैयाँको निर्यात भएको छ ।

सबैभन्दा कम मलेसियामा ३ लाख ५५ हजार रुपैयाँको अचार निर्यात भएको छ भने डेनमार्कमा ४ लाख ८८ हजार रुपैयाँको निर्यात भएको छ ।

गत वर्ष नेपालले अस्ट्रेलिया, अमेरिका, इटाली, जापान, क्यानडा, बेल्जियम, बेलायत, डेनमार्क, कोरिया र मलेसियामा अचार निर्यात गरेको थियो । सबैभन्दा बढी अस्ट्रेलियामा ३ करोड ४ लाख ४० हजार र सबैभन्दा कम मलेसियामा ८ लाख ८० हजार रुपैयाँको अचार निर्यात भएको थियो । 

गत आर्थिक बर्ष २०८१र८२ मा भने ५ महिना अवधिमा ९ करोड ५६ लाख ९३ हजार रुपैयाँको अचार निर्यात भएको थियो ।

प्रतिकृया दिनुहोस्