एकैदिन ३१ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
पुस २२, २०८२काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य एकैदिन ३१ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ हजार १ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
सबै पढ्नुहोस