×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

९.०४ अंकले घट्यो सेयर बजार

९.०४ अंकले घट्यो सेयर बजार

साउन २५, २०८३

काठमाडौं । सोमबार सेयर बजार ९.०४ अंक घटेको छ । यो अंकको कमीसँगै नेप्से परिसूचक २६४१ अंकमा झरेको छ । अघिल्लो कारोबार दिन नेप्से ४.०५ अंक घटेको थियो । आजसहित लगातार तीन दिन बजार घटेको छ । आज पनि बजार दिनभरजसो रातो रह्यो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६६ करोडको भयो । ८२ कम्पनीको मूल्य बढ्दा १७९ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

सबै पढ्नुहोस