×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु नष्ट

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु नष्ट

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नष्ट गरिएको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ६:१५ बजे शोभा अधिकारी रेग्मीको घरको गेट अगाडि रातो कपडा बेरेको शंकास्पद वस्तु फेला परेको थियो । स्थानीयले शंकास्पद वस्तु देखेपछि सुरक्षाकर्मीलाई जानकारी गराएका थिए ।

सो वस्तुलाई आज बिहान ८:५० बजेको समयमा नस्ट गरिएको हो । सो क्रममा ४ लिटरको रङ्गको बाल्टिनमा बालुवा, तार र प्लास्टिक फेला परेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्