काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन प्रतितोला दुई लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ४५ रुपैयाँ बढेर प्रतितोला ३ हजार ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।