×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

२९ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

२९ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २९ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार ९ सय रुपैयाँले घटेर  २ लाख ९२ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

चाँदीको मुल्य पनि घटेको छ । बुधबारको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ घटेको छ । हिजो चाँदी प्रतितोला ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भएकोमा आज ५ हजार ८ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस्