×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

वीरगञ्जबाट पाँच महिनामा  ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्जबाट पाँच महिनामा  ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज  । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा ३० अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आर्थिक वर्षको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताए । 

गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने ६।४२ प्रतिशत अर्थात् १ अर्ब ८३ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको हो । जबकि गत आर्थिक वर्षको पाँच महिनामा भने ६९ अर्ब १५ करोड रुपैयाँ मूल्यका पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको थियो । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्ज हुँदै ३५ अर्ब ३१ करोड रुपैयाँ मूल्यको डिजेलको आयात भयो । 

त्यसैगरी १७ करोड ३६ लाख रुपैयाँ मूल्यको पेट्रोल र १२ अर्ब १७ करोड रुपैयाँको  एलपी ग्यासको पनि आयात भयो । त्यस्तै ७ अर्ब २५ करोड रुपैयाँको एटिएफ र १९ करोड रुपैयाँको मट्टितेल आयात भएको छ । 
 

प्रतिकृया दिनुहोस्