×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

सुनसरीमा सशस्त्रले गोली चलाउँदा सिटी सफारी चालकको मृत्यु, राजमार्ग अवरुद्ध

सुनसरीमा सशस्त्रले गोली चलाउँदा सिटी सफारी चालकको मृत्यु, राजमार्ग अवरुद्ध

काठमाडौं । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर  स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

घटना बुधबार राति करिब १:१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको हो । साहले आफ्नै सिटी सफारीमा ८-१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए । सिटी चलाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो ।

मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो । स्थानीयले भने लेनदेनको विवादमा गोली हानेको दाबी गर्दै विरोध गरेका छन् । साहको मृत्युपछि स्थानीयले शव उठाउन दिएका छैनन् । घटनास्थलमा प्रदर्शन गरिरहेका छन् । स्थानीयले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका छन् ।

घटनास्थलमा प्रहरीले कानुनी प्रक्रिया पूरा गरी मुचुल्का उठाउने काम गरिरहेको छ । घटनापछि प्रहरीले बिहीबार बिहान स्थानीयसँग वार्ता गरेको थियो । तर, वार्तामा सहमति भएन । स्थानीयले दोषीलाई तत्काल कारवाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

प्रतिकृया दिनुहोस्