काठमाडौं । वाणिज्य बैंकहरूले पुसमा पनि ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर घटाएसँगै औषत ब्याजदर ५ प्रतिशतविन्दुभन्दा तल झरेको हो।
आज सर्वाजनिक बैंकहरुको सूचना अनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेमा वाणिज्य बैंकहरुको अधिकतम औषत ब्याजदर ४।८३४ प्रतिशतविन्दु कायम भएको छ। यस्तो निक्षेपमा मंसिर महिनाको अधिकतम औषत ब्याजदर ५।०४०५ प्रतिशतविन्दु थियो। समीक्षा अवधिमा बैंकहरुको औषत ब्याजदर ०।२०६५ प्रतिशतविन्दु घटेको हो।
पुस महिनाका लागि १३ बैंकले ब्याजदर घटाएका छन् भने ७ बैंकले ब्याजदर स्थिर राखेका छन् ।
यस्तै, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नबिल बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।
यस्तै, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् ।
व्यक्तिगत मुद्दतिको ब्याजदरसँगै वाणिज्य बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि घटेको छ। मंसिर महिनाको तुलनामा पुस महिनामा संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.१३ प्रतिशतविन्दुले घटेको छ। पुस महिनाका लागि ५ वाणिज्य बैंकहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्। बाँकी १५ बैंकले भने मंसिर महिनाकै दरलाई निरन्तरता दिएका छन्।
| बैंकहरु | मंसिर | पुस |
| नबिल | ४.७५ | ४.५५ |
| नेपाल इन्भेष्टमेन्ट मेगा | ५ | ५ |
| माछापुच्छ्रे | ५ | ५ |
| हिमालयन | ५.५ | ४ |
| नेपाल एसबिआई | ४.८ | ४.५५ |
| एभरेष्ट | ५ | ४.७५ |
| एनआईसी एसिया | ५ | ५ |
| स्ट्यान्डर्ड चार्टर्ड | ४.७ | ४.६ |
| लक्ष्मी सनराइज | ५ | ४.७५ |
| कुमारी | ४.९१ | ४.५३ |
| सिद्धार्थ | ५ | ५ |
| सानिमा | ५ | ३.७५ |
| एनएमबि | ५ | ५ |
| प्रभु | ४.९५ | ४.५५ |
| ग्लोबल आइएमई | ६ | ५.५ |
| सिटिजन्स् | ४.७५ | ४.७५ |
| प्राइम कमर्सियल | ४.७५ | ४.२५ |
| कृषि विकास | ४.७ | ४.५५ |
| नेपाल बैंक | ५.२५ | ५.१ |
| राष्ट्रिय वाणिज्य बैंक | ५.५ | ४ |