×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

बैंक/वित्त

शाखा समायोजन गर्दा ग्राहक सेवा बन्द गर्न चाहे शुल्क लिन नपाइने 

शाखा समायोजन गर्दा ग्राहक सेवा बन्द गर्न चाहे शुल्क लिन नपाइने 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एकभन्दा बढी शाखा समायोजन गर्दा ग्राहकले सेवा बन्द गर्न चाहे शुल्क लिन नपाउने भएको छ ।

राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाका एकभन्दा बढी शाखा समायोजन (गाभ्नेरएकीकरण गर्ने) गर्दा ग्राहकले सेवा बन्द गर्न चाहे कुनै पनि शुल्क लिन नपाइने व्यवस्था गरेको हो । 

 राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको पूर्व स्वीकृतिविना शाखा वा कुनै पनि किसिमको कार्यालय बन्द गर्न वा स्थानान्तरण गर्न वा गाभ्न पाउँदैनन् । तर, महानगरभित्रका शाखा समायोजन गर्न सक्छन् ।

विद्युतीय भुक्तानी कारोबार बढी रहेको तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेका सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयंले महानगरमा रहेका शाखा समायोजनरएकीकरण गर्न सक्नेछन् ।

त्यसैगरी सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित गरी स्थापना भएका शाखाका हकमा उक्त संस्थाको लिखित सहमतिपछि मात्र शाखा समायोजन गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

त्यसैगरी शाखा समायोजन गर्नुपूर्व सरोकारवालाको जानकारीका लागि कम्तीमा ९० दिनको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र उक्त शाखाको सूचनापाटीमा समेत प्रकाशन गर्नुपर्ने छ ।

दुई वा त्यसभन्दा बढी शाखा समायोजन हुने अवस्थामा समायोजन हुने शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहे वा अन्य सेवा बन्द गर्न चाहे कुनै पनि प्रकारका शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउन समेत केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

शाखा समायोजन गरेको ३ कार्यदिनभित्र बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा पेस गर्नुपर्छ ।


 

प्रतिकृया दिनुहोस्