×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

पर्यटन

विदेशी पर्यटकको आगमन बढ्दो, सन् २०२५ मा ११ लाख ५८ हजार नेपाल भित्रिए

विदेशी पर्यटकको आगमन बढ्दो, सन् २०२५ मा ११ लाख ५८ हजार नेपाल भित्रिए

काठमाडौं । सन् २०२५ मा ११ लाख ५८ हजार ४ सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल भित्रिएका हुन् ।

सन् २०२४ मा भने ११ लाख ४७ हजार ५ सय ४८ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा केही सङ्ख्या बढेको छ, जसमा छिमेकी मुलुक भारतबाट २ लाख ९२ हजार ४ सय ३८, अमेरिकाबाट १ लाख १२ हजार ३ सय १६, चीनबाट ५८ हजार ६ सय ८४, बेलायतबाट ५७ हजार ५ सय ४५, बंगलादेशबाट ४९ हजार ३ सय ५७, अष्ट्रेलियाबाट ३७ हजार ५ सय ५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्याण्डबाट ३० हजार २ सय २७ र जर्मनीबाट २४ हजार ७ सय ६३ पर्यटक नेपाल घुम्न आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । 

तथ्याङ्कअनुसार गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १ सय ९० पर्यटक नेपाल आएका थिए । उक्त महिनामा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट ८ हजार ६ सय ८०, अमेरिकाबाट ६ हजार ६ सय ५, बङ्गलादेशबाट चार हजार ९ सय ८०, अष्ट्रेलियाबाट ४ हजार ४ सय १९, थाइल्याण्डबाट ४ हजार २ सय ३४, बेलायतबाट ३ हजार ७ सय ९३, म्यानमारबाट २ हजार ७ सय ५८ र मलेसियाबाट २ हजार ४ सय २९ पर्यटक भित्रिएका छन् ।
 

प्रतिकृया दिनुहोस्