काठमाडौं । सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । दिन सुनको मूल्यले साे रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो ।
आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २ सय ७० रुपैयाँले बढेको हो । यससँगै चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। सो रेकर्डलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।