काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
सोमबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्यले प्रतितोला २ लाख ८२ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सो रेकर्ड आज मंगलबार तोडिएको हो ।
यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ७० रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो।