×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

काठमाडौँ महानगरले विद्यालय उमेरका २० हजार विद्यार्थीको आँखा जाँच गर्ने

काठमाडौँ महानगरले विद्यालय उमेरका २० हजार विद्यार्थीको आँखा जाँच गर्ने

काठमाडौँ । काठमाडौँ महानगरले विद्यालय उमेरका २० हजार विद्यार्थीहरुको आँखा जाँच तथा प्रारम्भिक उपचारका लागि नेपाल आँखा अस्पतालसँग सम्झौता गरेको छ ।

कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले, बालबालिकाहरुमा अत्याधिक मोवाइलको लत बसेकाले सम्भावित दृष्टि दोष पत्ता लगाएर आँखाको स्वास्थ्य प्रवर्धन गर्न अस्पतालसँग सहकार्य गरिएको बताएकी थिइन् । 

सम्झौताबमोजिम अस्पतालले विशेषज्ञ चिकित्सकबाट कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीहरुको आँखा जाँच गर्नु पर्नेछ । जाँचपछि औषधि र आवश्यक परे चस्मा पनि प्रदान गर्नुपर्नेछ । 

प्रतिकृया दिनुहोस्