काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य आज एकैदिन २ हजार रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कारोबार भएको सुनको मुल्य आज २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदी तोलामा ७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिनको चाँदीको भाउ हालसम्मकै उच्च हो ।