×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

सुनको मुल्य १ हजार रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनको मुल्य १ हजार रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं ।  सुनको मुल्य हजार रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार प्रतितोला २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

चाँदीले भने केही दिनयता नयाँ रेकर्ड बनाइरहेको छ । यसै आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर ३ हजार ८ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

जुन मूल्य अहिलेसम्मकै उच्च हो । हिजो चाँदी प्रतितोला  ३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।  

प्रतिकृया दिनुहोस्