×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो । १ मंसिरमा निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेको थियो । हिजोसम्म ८० वटा दलले दल दर्ता गरिसकेका छन् ।

आजसम्म दल दर्ता गर्ने दलले आगामी फागुन २१ मा हुने चुनावमा भाग लिन पाउँछन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय छ ।

सोही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुनेछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने दिने दिन ७ माघमा हुनेछ ।

८ माघमा  मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गर्नेछ । पुन: उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। ९ माघमा उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।

प्रतिकृया दिनुहोस्