काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
यस दिन चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । चाँदीको सो मूल्य नै हालसम्मको उच्च हो । आईतबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । सो रेकर्डलाई ब्रेक गर्दै यस दिन चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।