×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

चावहिल-साँखु सडकमा शंकास्पद वस्तु फेला

चावहिल-साँखु सडकमा शंकास्पद वस्तु फेला

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-९ इन्द्रेणीस्थित चावहिल साँखु सडकमा शंकास्पद वस्तु फेला परेको छ । निर्वाचन सुरक्षा बेस थलीबाट खटिएको प्रहरीको मोबाइल टोलीलेले सडक बीचमा शंकास्पद वस्तु फेला पारेको हो ।

सडकमा बोरामाथि बट्टामा तारले बेरेको जस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

उक्त वस्तु फेला परेपछि नेपाली सेनालाई खबर गरिएको छ । अहिले रणचन्डी गण सुन्दरीजलबाट निर्वाचनको लागि खटिएको मेजर धनबहादुर तामाङको कमाण्डमा रहेको १० जनाको टोली त्यहाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्