×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

सङ्घीय संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

सङ्घीय संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बस्ने भएको छ । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले  दिउँसो १ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बस्ने जानकारी दिए । 

‘प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न सफल भएका दलहरूको बैठक सचिवालयले आह्वान गरेको छ,’ महासचिव पाण्डेले भने, ‘बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ ।’

फागुन २१ गते भएको प्रतिनिधिसभाबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सिट जितेका छन् ।

ती दलहरूको बैठक बोलाएर सचिवालयले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न थालेको हो ।

प्रतिकृया दिनुहोस्