काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले राजशाही वारियर्सबाट आगामी संस्करणको बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् ।
राजशाहीले आइतबार सन्दीपलाई टोलीमा अनुबन्ध गरिएको जनाएको हो । यस टोलीमा एनपीएल खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन् ।
सन्दीपले यसअघि बीपीएल २०१८र१९ मा सिलेट सिक्सर्सबाट एक सिजन खेलेका थिए। उक्त सिजनमा उनले ६ खेलमा ४ विकेट लिएका थिए।
नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै १२९ विकेट लिएका छन्। समग्रमा उनले आफ्नो करियरमा १६० टी–२० खेलमा २३७ विकेट लिएका छन्।