×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

त्रिशूली थ्री–ए आयोजना सुरुङबाट एउटा शव निकालियो

त्रिशूली थ्री–ए आयोजना सुरुङबाट एउटा शव निकालियो

काठमाडौं । दुई जनाको जीवितै उद्धार भएको माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् आयोजनाको सुरुङमा एउटा शव फेला परेको उद्धारकर्मीहरूले जनाएका छन् । आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीले सुरुङबाट एउटा शव निकालेका छन् ।

शवको अहिले पहिचान हुन बाँकी छ ।

यस अघि आयोजनाको सुरुङबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नेपाल विद्युत प्राधिकरणसमेतको उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरेको थियो । उद्धार भएका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सेनाले जनाएको छ।

माथिल्लो त्रिशूली थ्री–ए परियोजनामा सुरुङभित्र रहेको विद्युत् गृहमा ४२ जना इन्जिनियर तथा कर्मचारीहरू फसेको अनुमान नेपाल विद्युत् प्राधिकरणको छ । त्यसमध्ये सबैभन्दा धेरै मानिसहरू विद्युत् गृहमा नै रहेको अनुमान छ ।

सो आयोजनाको भूमिगत विद्युत् गृह क्षेत्रमा थप मानिसहरुलाई उद्धार गर्न सकिन्छ कि भनेर निरन्तर खोजी तथा उद्धार अभियान जारी छ ।

प्रतिकृया दिनुहोस्