×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शिक्षा

एसईईको प्रश्नपत्र आउट गरेर चिट चोराउने तीन जना समातिए

एसईईको प्रश्नपत्र आउट गरेर चिट चोराउने तीन जना समातिए

काठमाडौं । एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–७ का १८ वर्षीय चन्दन पटेल, रौतहटकै वृन्दावन नगरपालिका–७ का २० वर्षीय रोहितकुमार पटेल र सर्लाहीको बलरा नगरपालिका–८ का १८ वर्षीय धीरज साह छन् ।

उनीहरूले आजको परीक्षामा प्रश्नपत्र आउट गरी चिट चोराएको आरोप छ । उनीहरूमाथि इलाका प्रहरी कार्यालय गरुडाबाट अनुसन्धान अघि बढाइएको छ ।

प्रतिकृया दिनुहोस्