×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

एकैदिन १५ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

एकैदिन १५ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य एकैदिन १५ सय रुपैयाँल घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यसैगरी आज चाँदीको मुल्य पनि तोलामा १ सय ७० रुपैयाँले घटेर ५ हजार ४ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला ३ सय १५ रुपैयाँले बढेर ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस्