×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

गोवामा ज्यान गुमाएका ५ नेपालीको सनाखत

गोवामा ज्यान गुमाएका ५ नेपालीको सनाखत

काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए ।

गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल ९विवेक०, झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा रहेका छन् ।

उनीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।   उनीहरुको शव ल्याउन नयाँदिल्लीस्थित नेपाली राजदूतावासले गोवा सरकारसँग समन्वय गरिरहेको छ ।

चुर्णबहादुरको शवलाई गोवाबाट एयर एम्बुलेन्समार्फत् लखनउ र लखनउबाट गाडीमा दाङ पुर्याउने तयारी भइरहेको छ । अन्यको हकमा पनि घरसम्मै शव पुर्‍याइदिने पहल भइरहेको छ । त्यसका लागि भारतमा रहेका नेपालीहरुले पनि सहयोग गरिरहेको जनाइएको छ ।

नेपालीहरु कार्यरत सो नाइट क्लबमा शनिबार मध्यराति आगलागी सुरु भएको थियो । त्यसक्रममा ग्यास सिलिण्डर पनि विष्फोट हुँदा आगो भयावह भएको थियो ।

साँघुरा बाटोका कारण दमकल पुग्न नसक्दा र आगो नियन्त्रणको प्रभावकारी प्रबन्ध नहुँदा मानवीय क्षति पनि बढी भएको थियो ।

नाइट क्लबमा धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिएर ज्यान गुमाएको पाइएको छ । केहीको जलेर र केहीको धुँवामा निसास्एिर मृत्यु भएको हो । गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ  । 

प्रतिकृया दिनुहोस्