×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ देखि हुने

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ देखि हुने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मङ्सिर २१ गतेदेखि सुरु हुने भएको छ ।

निर्वाचन कार्यक्रम अनुसार समानुपातीक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्राप्त भएका निवेदन उपर अध्ययन गरि मंसिर २६ गतेसम्म स्वीकृत गरिने उनले बताए ।

त्यसैगरी आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय तोकिएको छ भने माघ ४ गते प्रारम्भीक सूची प्रकाशित गरिने प्रवक्ता भट्टराईले जानकारी दिए ।

उनले प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानविन गरि माघ २० गते उम्मेदवारहरुको बन्द सूची अन्तिम प्रकाशन गरिने बताए ।

विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ ।

प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने कानूनी व्यवस्था रहेको छ । प्रत्यक्षतर्फ भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयनको गर्ने कार्यतालिका रहेको छ ।

प्रतिकृया दिनुहोस्