×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

खेलकुद

जारी टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा

जारी टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । जारी टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । विश्वकपका सुपर आठका खेलहरु सकिएसँगै दक्षिण अफ्रिका, न्यूजील्याण्ड, इङल्याण्ड र भारत सेमिफाइनलमा पुगेका हुन् ।

अब विश्वकपका सेमिफाइनलका खेल आगामी बुधबार र विहिबार हुदैछन् । बुधबार पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका र न्यूजील्याण्डले प्रतिष्पर्धा गर्ने छन् । यो खेल भारतको कोलकोतास्थित इडेन गार्डेनमा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनल खेल विहिबार इङल्याण्ड र भारतबीच भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने छ । दुवै सेमिफाइनलमा रिजर्भ डे राखिएको छ ।

जारी विश्वकपको फाइनल खेल भने आगामी आइतबार भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने तालिका छ ।

प्रतिकृया दिनुहोस्