फेरि २५ अर्ब रुपैयाँको अर्को ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
पुस १६, २०८२काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस १६ गते फेरि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। यसअघि पुस १४ गते राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको थियो। केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ जारी गर्ने भएको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।
सबै पढ्नुहोस