काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय र त्यति नै चाँदीको मोल ४ हजार ४ सय १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँ र त्यति नै चाँदीको मोल ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।