आज पनि बढ्यो सुनचाँदीको मुल्य
फाल्गुण ११, २०८२काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ हजार २०० रुपैयाँ बढेर प्रतितोला तिन लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा १७० रुपैयाा बढेर प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस